चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने « Khabarhub

चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र मित्रराष्ट्र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा फागुन ३ गते (फेब्रुअरी १५) दुई देशका युवा खेलाडी मैदानमा उत्रिन लागेका हुन् ।

दशरथ रंगशालामा हुने प्रतियोगिताको समन्वय राष्ट्रिय खेलकुद परिषद्ले गर्दैछ । प्रतियोगिताबारे जानकारी दिँदै काठमाडौंस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सीनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फुटबल आयोजना गरिएको बताए ।

युवाहरुलाई फुटबलप्रति आकर्षण गर्न चिनियाँ नयाँ वर्षको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

‘चिनियाँहरु एथ्लेटिक्स राम्रो खेल्छन् भन्ने धेरैलाई थाहा छ’, उनले भने, ‘तर पछिल्लो समय फुटबलप्रति पनि क्रेज बढिरहेको छ, अहिले करोडौं जनताले दैनिक फुटबल खेल हेरिरहेका हुन्छन् ।’

यस पटकको प्रतियोगितामा गत वर्षभन्दा राम्रा खेलाडी नेपाल आउने बताइएको छ । अघिल्लो वर्ष हार व्यहोर्नुपरेको स्मरण गर्दै सीनले थपे, ‘हामीले ५–१ गोल अन्तरले हारेका थियौँ, तर अहिले त्यस्तो हुँदैन । युन्नान प्रान्तकै राम्रा खेलाडी छनोट गरेका छौँ ।’

एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिताबाट दुई देशको ऐतिहासिक सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

गत वर्ष आयोजित प्रतियोगिताले राम्रो प्रतिक्रिया पाएको उनले बताए। ‘यस पटक थप व्यवस्थित ढंगले आयोजना हुँदैछ । प्रतियोगिताले खेलाडीलाई मात्रै जोड्दैन, दुई देशको आत्मीयतालाई अझै न्यानो बनाउनेछ’, उनले भने ।

प्रतियोगिताको प्राविधिक पक्ष एन्फाले हेर्ने छ । मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रमलगायत चिनियाँ दूतावासले हेर्ने सहमति भएको प्रवक्ता शाहले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी ‘नामी’ मुख्य प्रायोजक रहेको प्रतियोगिताको अनुमानित बजेट ३८ लाख ९० हजार छ ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय टोली बन्द प्रशिक्षणमा रहेको जानकारी दिइएको छ ।

गत वर्ष फेब्रुअरी ११ मा नेपाल–चीनबीच मैत्रीपूर्ण फुटबल भएको थियो । २३ वर्षमुनिका खेलाडी सहभागी प्रतियोगितामा चीन ५–१ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ५१ बजे

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको