बाबुरामको निष्कर्ष- एमाले र माओवादीमा कुनै फरक छैन, दुवै भ्रष्टाचारको दलदलमा फसिसके « Khabarhub

बाबुरामको निष्कर्ष- एमाले र माओवादीमा कुनै फरक छैन, दुवै भ्रष्टाचारको दलदलमा फसिसके


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को मूल नेतृत्व भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग उत्थानको दलदलमा फसिसकेको निष्कर्ष निकालेका छन् ।

आइतबार पार्टीको प्रथम महाधिवेशनमा पेश गरिएको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा उनले बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माओवादीको मूल नेतृत्व भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानको दलदलमा फसेकाले एमाले र यसमा भिन्नता नरहेको बताएका हुन् ।

भट्टराईले प्रतिवेदनमा भनेका छन्, ‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन् तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेको छ’, उनले भनेका छन्, ‘त्यसैले अब माओवादी र एमालेबीच कुनै तात्विक भिन्नता देखिँदैन।’

पटक–पटक सत्ताको नेतृत्व गरेर पनि माओवादी र एमालेले देशका गम्भीर संरचनात्मक समस्या समाधानको हल निकाल्न नसकेको भट्टराईले भनेका छन् ।

भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, एमाले–माओवादीका नेता र उच्चतहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदिले जनताले कांग्रेस र कम्युनिस्टमा फरक नेदेखेको पनि बताएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ८ : ११ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो