गण्डकीका ४३ पालिकाका न्यायिक समितिलाई प्रशिक्षण « Khabarhub

गण्डकीका ४३ पालिकाका न्यायिक समितिलाई प्रशिक्षण


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पोखरा – मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायिक सहजकर्ताले सर्वसाधारण नागरिकलाई न्याय निरुपणको सहज अनुभूति गराउने गरी सेवा दिनुपर्ने बताएका छन् । पाण्डेले स्थानीय तहमा पठाइएका सहजकर्ताहरूलाई न्याय सम्पादनमा सहजता ल्याउन समेत निर्देशन दिए ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आइतबार पोखरामा भएको स्थानीय तहमा न्याय निरुपण प्रक्रियामा देखिएका सवाल विषयक संवाद कार्यक्रममा मुख्यमन्त्री पण्डेले कानुनी ज्ञानको कमी, न्याय सम्पादनका समस्या तथा सही नियत हुँदाहुँदै देखिएको अफ्ठेरोलाई समाधान गर्न सहजकर्ता नियुक्त गरिएको बताए ।

प्रदेश सरकारले पालिका समेतको साझेदारीमा यो वर्ष ६३ पालिकामा न्यायिक सहजकर्ता नियुक्त गरेको छ । न्यायिक सहजकर्ता आएसँगै स्थानीय तहमा न्याय निरुपण सहज हुने अपेक्षा उपप्रमुख तथा उपाध्यक्षहरूले गरेका छन् ।

दुई चरणमा सञ्चालन हुने कार्यक्रमको पहिलो चरण आइतबार भएको छ । पहिलो चरणमा ४३ वटा पालिकाका न्यायिक समितिका संयोजक, सदस्य र भर्खरै नियुक्त भएका सहजकर्ता कार्यक्रममा सहभागी थिए ।

दोस्रो चरणको कार्यक्रम ४२ पालिकालाई समेटेर गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले बताए । उनका अनुसार गत वर्ष न्यायिक समितिको कार्यविधि, प्रक्रियाका बारेमा प्रशिक्षण गराइएको थियो । यो वर्ष न्याय सम्पालदनमा सिलसिलामा देखिएका चुनौती र समस्याका बारेमा सम्वाद गरिएको उनले जानकारी दिए ।

न्याय सम्पादनका बारेमा भोगेका अप्ठेराका बारेमा जनप्रतिनिधिले अनुभव सुनाउँदा भर्खरै नियुक्त भएका सहजकर्तालाई पनि काम गर्न सजिलो हुने उनको भनाइ थियो । पूर्व सचिव रेश्मिराज पाण्डे र काशिराज दाहालले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : ०६ बजे

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान

विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

गोरखा – उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी