ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु « Khabarhub

ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

युक्रेन – पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ। रुसको लगातारको आक्रमणले त्यहाँको अवस्था एकदमै असहज बनेको युक्रेनी अधिकारीले बताएका छन्।

डोन्सटक क्षेत्रमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको छ भने ४० जना हराएका छन्। मृत्यु हुनेमा ६ जना बालबालिका छन्।

गएको साता ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता तनावपूर्ण बनेपछि रुसले फेरि आक्रमणको योजना बनाएको हो। ट्रम्पसँगको वार्तामा भनाभन भएपछि अमेरिकाले सैन्य सहयोगसँगै गुप्तचर साझेदारी पनि रोकेको थियो। त्यसपछि रुसले निरन्तर आक्रमण गरेको हो।

शुक्रबार डोन्सटकमा आठ आवासीय भवन तथा दुई डिपार्टमेन्टल स्टोरमा आक्रमण भएको हो। सोही आक्रमणमा ११ जना मारिएका थिए। शुक्रबार र शनिबार त्यो क्षेत्रमा भएको अन्य आक्रमणमा ९ जनाको ज्यान जानुका साथै १३ जना हराए।

शनिबार खार्किभमा भएको अर्को आक्रमणमा तीन जनाको ज्यान गयो भने सात जना घाइते भए। शुक्रबार नै ओडिषाको ऊर्जा केन्द्रमा लक्षित गर्दै रुसले अर्को आक्रमण गरेको थियो।

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनीसँगको सम्झौता रुससँगको भन्दा कठिन भएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ४३ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका