फरेस्टसँग म्यानचेस्टर सिटी पराजित « Khabarhub

फरेस्टसँग म्यानचेस्टर सिटी पराजित


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी १-० पराजित भएको छ। कालुम हडसन कोलाइको गोलमा नटिङघम फरेस्टले सिटीलाई हराएको हो।

गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ८३ औँ मिनेटमा मोर्गान गिब्स ह्वाइटको पासलाई उपयोग गर्दै हडसनले सिटीविरुद्ध निर्णायक गोल गरेका हुन्।

तालिकामा फरेस्ट ५१ अङ्कसहित तेस्रो तथा सिटी ४७ अङ्कसहित चौथो स्थानमा छन्। पाँचौँ स्थानमा रहेको चेल्सीले आइतबार लिसेस्टर सिटीलाई हराउँदै सिटीलाई पछि पार्ने सम्भावना छ।

यो पराजयपछि सिटी र ब्रिङटन पनि सिटीको नजिक पुगेका छन्। ब्रिङटनले शनिबार भएको खेलमा फुलहामलाई २-१ ले हरायो। यसैगरी, अस्टन भिल्लाले पनि ब्रेन्टफोर्डसँगको खेलमा १-० को सफलता पायो। ब्रिङटन ४६ अंकसहित छैटौँ तथा अस्टन भिल्ला ४५ अङ्कसहित सातौँ स्थानमा छ।

शनिबार भएका प्रिमियरसिपका अन्य खेलमा उल्भ्स र एभरटन बिच १-१ गोलको बराबरी भयो भने त्रिस्टल प्यालेसले इप्सविचलाई १-० ले हरायो।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको