आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै | Khabarhub Khabarhub

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ । गृहिणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यममा जोडिन उत्प्रेरित गरेको हो ।

गाउँपालिकाले अचार बनाउने, ढाकाको कपडा बुनाई, सिलाइकटाइ, बेमौसमी तरकारीखेतीलगायत सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

महिलालाई आत्माभिर्नरसँगै व्यावसायिक बनाउन ‘महिला लक्षित कार्यक्रम’ अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । आफ्नो पहलमा महिलालाई आवश्यकताका आधारमा, ढाका बुनाई, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती गर्नेलगायत सीप प्रदान गरिएको उनको भनाइ छ ।

उनले सीप सिकेर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । गाउँघरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकतासँगै उद्यमशील बनाउन २७  महिलालाई अचार बनाउने सीप प्रदान गरिएको छ । बाहिरबाट विशेषज्ञ प्रशिक्षक ल्याएर गाउँपालिकाका नौवटै वडाका महिलालाई अचार बनाउने तालिम समेत दिइएको छ ।

आफ्नै ठाउँमा दक्ष प्रशिक्षकबाट सीप सिक्न पाउँदा खुसी लागेको टेम्केमैयुङ– ४ नागीकी सम्झना राईले बताइन् । सात दिनसम्म सहभागी भएर लिएको सीपले व्यावसायिक रूपमा अचार बनाएर आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ । सीप लिएसँगै भावी दिनमा समूह निर्माण गरेर व्यावसायिक अचार उद्योग सञ्चालन गर्ने सोच बनाएको राईले बताइन् ।

सातदिने अचार बनाउने तालिम लिएपछि व्यावसायिक बन्न साहस बढेको स्थानीयवासी क्षमादेवी राईले बताइन् । उनले तालिम लिएपछि गाउँघरमा सहजै पाउने कच्चा पदार्थबाट कसरी आयआर्जन गर्न सकिन्छ भन्ने ज्ञान पाएको बताइन् ।

सीप लिन इच्छुक महिलालाई गाउँघरमा पाउने कच्चा पदार्थ अमला, अकबरे खुर्सानी, तामा, लप्सीलगायत ११ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको प्रशिक्षक सकुन्तला प्याकुरेलले बताइन् ।

तालिमका सहभागी महिलाले गाउँघरमा नै पाउने कच्चा पदार्थबाट व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

अचार भण्डारण तथा प्याकेजिङ, ब्रान्डिङ गर्न सकेको खण्डमा देश तथा विदेशसम्म निर्यात गर्न सकिने प्याकुरेको भनाइ छ ।  

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : २४ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना