ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराले बालुवाटारमा छटपटी : विष्णु रिमाल लेख्छन्- ‘फर्गिभ-वट नट फर्गेट’ | Khabarhub Khabarhub

ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराले बालुवाटारमा छटपटी : विष्णु रिमाल लेख्छन्- ‘फर्गिभ-वट नट फर्गेट’


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक महिना लामो पोखरा भ्रमणबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजधानीमा स्वागत गर्ने राप्रपाको निर्णयले बालुवाटारमा छटपटी भएको देखिएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत् पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराको विरोध गरेका हुन्। उनले शाह वंशको अढाइ सय वर्षसम्मको चकचकी र लुटलाई बिर्सिए पनि २०४६ साल अगाडि बोल्ने अधिकार नभएको अवस्थाको सम्झना गर्दै राजालाई स्वागत गर्ने कुराको विरोध गरेका हुन्।

यिनै ज्ञानेन्द्रले दाजुको वंश खरानी बन्दा केही गर्न नसकेको र उनैलाई स्वागत गर्छु भन्ने पाखण्ड भएको उनको टिप्पणी छ। राजसंस्था र पूर्वराजालाई स्वागत गर्ने विषयको चर्को विरोध गर्दै रिमालले फेसबुकमा लेखेका छन्, ‘अंग्रेज़ीमा एउटा भनाइ छ नि- “फर्गिभ-वट नट फर्गेट।” रिमालले राजालाई माफ दिएको तर उनले गरेको काम नबिर्सिएको आशय व्यक्त गर्दै यो भनाइ उद्धृत गरेका हुन्।

उनले अगाडि लेखेको छन्, ‘यिनीहरू नै थिए त ! अढ़ाइ सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहॉ’ जान नदिने जस्ता “राम-राज्य”का संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिंगो वंशलाई
“उनीहरूद्वारा-उनीहरूका लागि उनीहरूले नै” खरानी बनाएका हैनन् र ?’

ज्ञानेन्द्रको स्वागतमा एयरपोर्ट जाऔँ भन्ने अनुहारप्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘एयरपोर्ट जाऔं- स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको “गोल्डेन डेज”आयो भन्दै ती “डेज”मा “गोल्ड”को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र !’

यो पनि

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कंदै पूर्व राजा ज्ञानेन्द्र, पोखरामा दिए बिदाइ भोज

उनले वंश परम्पराको पर्दाफास गर्नसमेत अनुरोध गरेका छन् ‘रक्त शुद्धता र वंश-परंपरा नश्लिय पाखण्डको पर्दाफाश गरौं।’

रिमालले ०६२/६३ को जनआन्दोलनको तस्बिर साभार गर्दै पूर्वराजा र उनको स्वागतमा खटिएको राप्रपाप्रति आक्रोश व्यक्त गरेका हुन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ४३ बजे

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट