‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा « Khabarhub

‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा उपमहानगरपालिकाका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालयले प्रभावित वडामा कीटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिवर नियन्त्रणमा आएको हो ।

‘अफ्रिकन स्वाइन फिवरबाट धमाधम बङ्गुर मर्न थालेपछि हामीले सरसफाइसँगै नियन्त्रण अभियान चलायौँ, पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा ब्रजकिशोर ठाकुरले भने, ‘अहिले अब फिवर नियन्त्रणमा आइसकेको छ ।’

गत मङ्सिरदेखि फैलिएको स्वाइन फिवरबाट हेटौँडा उपमहानगरपालिका– १, ११ र १७ मा किसानले पालेका दुई सयभन्दा बढी बङ्गुर मरेका थिए । यस्तै, पशु सेवा कार्यालयले तीन लाख भेडाबाख्रामा पीपीआर खोप लगाएको छ । सो कार्यालयले यही माघ २४ देखि ३० गतेसम्म मकवानपुरका १० वटै पालिकामा सञ्चालन गरेको पीपीआर खोप कार्यक्रमअन्तर्गत तीन लाख भेडाबाख्रामा पीपीआर खोप लगाइएको पशु सेवा कार्यालयका प्रमुख डा. ठाकुरले बताए ।

भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

पशुपालनतर्फ बाख्रा पाल्ने किसानको सङ्ख्या बढ्नुका साथै भेडाबाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण र रोकथाममा प्रदेश सरकारको निर्देशअनुरुप कार्यान्वयनमा खोप अभियान सञ्चालन गरिएको उनको भनाइ ।

त्यस्तै पशु सेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । कार्यालयका पशु चिकित्सक डा. विजय पौडेलका अनुसार हेटौँडासहित जिल्लाका विभिन्न पालिकाका किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

खोप कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका– ९, १२ र १५ तथा मनहरी गाउँपालिका– ६ र ७ मा छ हजारभन्दा बढी पशुमा खोरेत रोगविरुद्धको खोप लगाइएको जनाएको छ ।

पशुहरूको बढी आवतजावत हुने ती स्थानमा खोरेत रोगविरुद्धको अभियान चलाइएको पशु चिकित्सक डा. पौडेलले बताए । यस्तै, जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको जनाएको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : ३२ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा