गृहमन्त्रीबाट आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण « Khabarhub

गृहमन्त्रीबाट आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई गोदामघर हस्तान्तरण गरेका हुन् ।

पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्को जोखिममा रहेकाले सङ्घीय सरकार मातहत रहेको गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको गृहमन्त्री लेखकले बताए ।

‘भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शीतलहर जस्ता विविध किसिमका जोखिममा रहेकाले तीन तहका सरकार तयारी अवस्थामा रहन आवश्यक छ,’ उनले भने, ‘आपतकालीन अवस्थामा तत्काल जोखिम न्यूनिकरण गर्नका लागि गोदाम घरको स्थापना गरिएको हो ।’

सङ्घीय सरकारले गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको मुख्यमन्त्री कँडेलले बताए ।

‘भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानूनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको छ,’ उनले भने, ‘प्रदेश सरकारलाई आवश्यक रहेका कयौँ संरचना र अधिकार सङ्घीय सरकारले अझै दिन सकेको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ११ : ३५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल