तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै  « Khabarhub

तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन् । 

उनीहरू आज काठमाडौं फर्कन लागेको पार्टी सचिव देबेन्द्र पौडेलको भनाइ छ । 

‘समसामयिक राजनीतिक परिवेशका कारण नेताहरू काठमाडौँ फिर्ता हुन लाग्नुभएको छ ।’ पौडेलले खबरहबलाई भने, ‘भोलि बिहान पदाधिकारी बैठक छ ।’ 

सचिव पौडेलका अनुसार ५ दिनका लागि अभियान रोकिएको हो ।   

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौँ फर्कँदै पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक र राप्रपाहरूले आज काठमाडौँमा प्रदर्शन गर्दै छन् ।

फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराई मधेसका जिल्लामा अभियान चलाउन जिल्ला पुगेको माओवादीले आइतबार बारा, पर्सा र चितवनमा कार्यक्रम गर्न लागेको थियो । 

झापाको कचनकवलबाट सुरु भएको जागरण अभियान चैत ७ गते कन्चनपुर पुगेर समापन गर्ने माओवादीको कार्य तालिका थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ११ : ४३ बजे

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल

होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको