पूर्वराजाको स्वागतमा जान प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको आग्रह « Khabarhub

पूर्वराजाको स्वागतमा जान प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको आग्रह


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई स्वागत गर्न किन नहुने भन्दै प्रधानमन्त्रीलाई सो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौं एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु । कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने ? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’

शाहीले जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १२ : ३७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको