माओवादीको पदाधिकारी बैठक सोमबार, राष्ट्रिय राजनीतिबारे छलफल  « Khabarhub

माओवादीको पदाधिकारी बैठक सोमबार, राष्ट्रिय राजनीतिबारे छलफल 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक सोमबार बिहान बस्ने बताइएको छ  । 

बैठकमा समसामयिक राजनीतिक घटनाहरूको विषयमा छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए । 

आइतबार तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन् । 

काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक, राप्रपा र राजावादीहरूले शक्ति प्रदर्शन बढाएपछि माओवादीले अभियान स्थगित गरेको हो । 

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर प्रदर्शन हुन थालेपछि माओवादी नेताहरू अभियान स्थगित गरेर फर्किएका हुन्  ।  

फागुन १२ गतेदेखि चैत ७ गतेसम्म माओवादीले तराई-मधेसका जिल्लामा अभियान चलाउन जिल्ला–जिल्लामा पुगेको थियो ।

यो पनि पढ्नुहोस् :

तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १ : १२ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको