गाैरमा अमरेश सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी   « Khabarhub

गाैरमा अमरेश सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी  


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको विषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ।

राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरू र भागबन्डाको सहमति गरेका गौर नगरपालिकाका मेयर शम्भु साह समर्थकहरू बीच जुहारी चलिरहेको छ । दुवै पक्ष बिहानै देखी सडक तताउनुका साथै एक अर्काविरुद्ध अपशब्द ,चुनौती दिँदै सामाजिक सञ्जाल फेसबुक तताएका छन्।

आइतबार दिउँसो नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, नेपाली कांग्रेसका युवा नेता मेयर प्रत्याशी मोहन प्रसाद यादवसहित दर्जनौँ मानिस गौर नगरपालिका अगाडी टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा ‘गौरका तस्कर मेयर मुर्दावाद अमरेश सिंह जिन्दाबाद, राइस मिल बेच्न पाइँदैन’ भन्दै चर्को नाराबाजी गरेका थिए ।

नगरपालिका अगाडी केही बेर प्रदर्शन गरेर मेयर साहविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शनकारीहरू गौर बजार परिक्रमा गरेका थिए। यस अघि गौर राइस मिलको जग्गा बचाउ अभिऐनताहरू आज बिहान जनजागरण अभियानको क्रममा वडाहरूमा पुगेर कुनै पनि हालतमा गौर राइस मिलको जग्गा बिक्री गर्न नदिने मन्तव्य राखेका थिए ।

गौर नगरका जनप्रतिनिधिहरू तथा मेयर साहका समर्थकहरूले शनिवार साँझ संघीय सांसद डाक्टर अमरेश कुमार सिंहको पुत्ला दहन गरी उनी विरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन गरेका थिए । शुक्रबार सदनमा सांसद सिंहले मेयर शम्भु साह लाई नामुद तस्कर भनेकाले गौरवासीसँग उनले माफी माग्नु पर्ने भन्दै शनिबार उनी विरुद्ध प्रदर्शन भएको थियो । 

लगत्तै मेयर शम्भु साहले डाक्टर अमरेश सिंहले भनेको कुरा पुष्टि गर्न अन्यथा दिमागको उपचार गराउन राँची अस्पताल भर्ना गरिनु पर्ने भनेर चुनौती दिएका थिए । 

उनको चुनौती पछि आज गौर नगरपालिका कै अगाडी तस्कर मेयर मुर्दावाद भनेर नारा जुलुस सहित प्रदर्शन भएको छ । साबिक गौर गाविस  वडा नम्बर ७ को कित्ता नम्बर १३९ को ०(४(१५ ,१४०को ०.१६(०,१६३को ४(१०(० र ८०३को ०।९।० जग्गा सम्बन्धमा गत मंगलबार साँझ गौरका मेयर शम्भु साहले उक्त जग्गा धनीले २ विगहा १५ कठा नगरपालिका लाई निःशुल्क दिएर बाँकी जग्गा छोड्ने सहमति कार्यपालिकाले निर्णय गरेको सार्वजनिक गरे सँगै चौतर्फी विरोध सुरु भएको छ

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १ : ३३ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६