इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुने « Khabarhub

इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुने


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै सुरु हुने अपेक्षा गरिएको छ । इजरायलले युद्धविराम सम्झौताको वार्ता अगाडि बढाउन आफ्नो प्रतिनिधिमण्डल कतार पठाउने बताएपछि वार्ता हुने भएको हो ।

साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो र अब सम्झौताको दोस्रो चरणको वार्ता हुने भएको छ।

इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको बताउदै थप विवरण भने दिएको छैन । इजरायल र हमासबीच युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता एक महिना अघि सुरु हुने तय भएको थियो ।

अमेरिकाले हमाससँग वार्ता सुरु गर्ने बारेमा पनि जानकारी गराएको छ । गत हप्ता, इजरायलले हमासलाई युद्धविराम सम्झौता बढाउन र बाँकी आधा बन्धकहरूलाई रिहा गर्न दबाब दिएको थियो । तर, सहमति हुन सकेन । हमासले अझै पनि २४ जना बन्धक र ३५ जनाको शव राखेको छ । इजरायलले हमासलाई दबाब दिन गत हप्ता गाजामा हुने सबै आपूर्ति बन्द गरेको थियो ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणमा २५ जना जीवित बन्धकहरूलाई रिहा गरिएको थियो र आठ जनाको शव हस्तान्तरण गरिएको थियो । बदलामा, इजरायलले लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो । इजरायलले गाजाको बफर जोनबाट आफ्ना सेना फिर्ता बोलाएको छ, त्यसपछि हजारौं प्यालेस्टिनीहरू गाजा फर्कन थालेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : ५९ बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज