शेयर बजारमा गयो पहिरो, ४६ अंकले घट्यो नेप्से  « Khabarhub

शेयर बजारमा गयो पहिरो, ४६ अंकले घट्यो नेप्से 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबार शेयर बजारमा पहिरो गएको छ । आज एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको छ । 

आज नेप्से १.६४ प्रतिशतले घट्दा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३१५ वटा कम्पनीको शेयर १ लाख १२ हजार ३४७ हजार पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी अन्य समूह २.६९ प्रतिशतले घटेर २ हजार ४४.५० विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.८१ प्रतिशतले घटेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह १.३६ प्रतिशतले, विकास बैंक १.७१ प्रतिशतले, फाइनान्स १.८७ प्रतिशतले, होटल तथा पर्यटन ०.८३ प्रतिशतले, हाइड्रोपावर १.६६ प्रतिशतले, लगानी २.४९ प्रतिशतले, जीवन बीमा १.७४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९१ प्रतिशतले, लघुवित्त १.५८ प्रतिशतले, म्युचुअल फण्ड १.०४ प्रतिशतले र निर्जीवन बीमा १.२६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : ०७ बजे

तेहरान र बेरुतमा भीषण बमबारी, इरानी सरकारी सञ्चारमाध्यम ध्वस्त

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले