शेयर बजारमा गयो पहिरो, ४६ अंकले घट्यो नेप्से  « Khabarhub

शेयर बजारमा गयो पहिरो, ४६ अंकले घट्यो नेप्से 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबार शेयर बजारमा पहिरो गएको छ । आज एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको छ । 

आज नेप्से १.६४ प्रतिशतले घट्दा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३१५ वटा कम्पनीको शेयर १ लाख १२ हजार ३४७ हजार पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी अन्य समूह २.६९ प्रतिशतले घटेर २ हजार ४४.५० विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.८१ प्रतिशतले घटेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह १.३६ प्रतिशतले, विकास बैंक १.७१ प्रतिशतले, फाइनान्स १.८७ प्रतिशतले, होटल तथा पर्यटन ०.८३ प्रतिशतले, हाइड्रोपावर १.६६ प्रतिशतले, लगानी २.४९ प्रतिशतले, जीवन बीमा १.७४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९१ प्रतिशतले, लघुवित्त १.५८ प्रतिशतले, म्युचुअल फण्ड १.०४ प्रतिशतले र निर्जीवन बीमा १.२६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : ०७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६