विमानस्थल आसपासमा ओइरिए राजावादी (तस्बिरहरू) « Khabarhub

विमानस्थल आसपासमा ओइरिए राजावादी (तस्बिरहरू)


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थलबाहिर राजावादीहरू पुग्ने क्रम सुरू भएको छ । विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरूले नाराबाजी सुरू गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम छ । राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरू अहिले विमानस्थल बाहिर भेला भएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि विमानस्थल जाने भएका छन् ।

त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरूले नागरिकहरूलाई स्वागतमा भेला हुन आह्वान गरेका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले विमानस्थलमा टिकटबाहक र कर्मचारीबाहेकलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिँदै विमानस्थल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : २४ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत