राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गरे । 

उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताए । मुलुकबाट बेतिथिको अन्त्य, महँगी नियन्त्रण र सुशासन प्रवर्द्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो । 

सोही पार्टीका सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वविहीन भएको र कर्मचारीहरूले महिनौँदेखि तलब नपाएको उल्लेख गरिन् । उनले तत्काल  उद्योग  सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । 

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दलितमाथिको विभेदका घटना बढिरहेको उल्लेख गर्दै ती घटनामा संलग्नहरू कानुनी दायरामा आउन माग गरे। उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष माग गरे । 

सांसद मदनकुमारी शाहले महिलालाई आत्मनिर्भर बनाउन र समृद्ध नेपाल निर्माणको अभियानमा लाग्न आग्रह गरिन् । सांसद राजेन्द्रलक्ष्मी गैरेले सामुदायिक विद्यालयमा पठाउने शिक्षक आन्दोलनमा रहेको उल्लेख गर्दै विगतमा भएका सम्झौता कार्यान्वयन हुन नसकेको बताइन् । उनले शिक्षकको माग सम्बोधन गर्न समेत माग गरे । 

नेपाली कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दा जङ्गली जनावरको आक्रमणको त्रासले सास्ती बेहोरिरहेको उल्लेख गर्दै निकुञ्ज क्षेत्रका बस्तीमा तार जालीको व्यवस्था गर्न माग गरिन् । 

कांग्रेसकै सांसद नारायणदत्त मिश्रले देशभरका शिक्षकहरू आन्दोलनमा रहेको भन्दै उनीहरूको मागलाई वार्ताको माध्यमबाट समाधान खोज्न सरकार समक्ष माग गरे । 

उनले महिलाको हक अधिकार संरक्षण र यसको क्षेत्रको दायरा फराकिलो बनाउन सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए । 

सांसद युवराज शर्माले संविधानको संरक्षण र कार्यान्वयनका लागि यसका पक्षधर राजनीतिक दलहरुबीच अधिकतम सहमति गरी मुलुकमा सुशासन प्रवर्द्धन र जनआकाङ्क्षा पूरा गर्न प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले मुलुकका केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद् सुरेश आले मगरले महिला मुक्ति आन्दोलनका लागि अझै सङ्घर्ष जरुरी रहेको बताए । उनले बागबजारदेखि मतिदेवीसम्मको सडक दुईतर्फी बनाउन सरकारसमक्ष माग गरे ।

जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले केही दिनअघि बुद्ध एयरको एउटा जहाज जनकपुरबाट पाङ्ग्रा बिना काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विषयले हवाई सेवा र सुरक्षित यात्राबारे प्रश्न उठेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए । 

‘यस्ता घटनाले पर्यटन क्षेत्रलाई समेत हतोत्साहित गर्छ । कुनै भौगोलिक विविधता र मौसमको प्रतिकूलता थिएन । सरोकारवालाले गम्भीरतापूर्वक अब यस्ता घटना सकेसम्म नदोहोर्‍याउने प्रतिबद्धता जनाउन जरुरी छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : २२ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल