पाल्पाका महिलालाई स्वास्थ्य परामर्श र कानुन सिकाउँदै स्थानीय सरकार « Khabarhub

पाल्पाका महिलालाई स्वास्थ्य परामर्श र कानुन सिकाउँदै स्थानीय सरकार


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तानसेन– जिल्लाका दुई स्थानीय सरकारले महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा र सीप सिकाउँदै आएका छन् । यहाँका रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाले महिलालाई स्वास्थ्य र कानुनी रूपमा ज्ञान प्रदान गर्नुका साथै आयआर्जनसँग जोड्न सीप सिकाउन थालेका हुन् ।  

रामपुरले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको छ । महिला दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेसा र व्यवसायमा सक्रिय श्रमिक महिलालाई परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको हो । नगरपालिकाले अगामी दिनमा पनि परामर्श र शिक्षा दिँदै जाने बताएको छ । 

नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अधिकांश महिलामा स्वास्थ्य सचेतना र कानुनी ज्ञान नहुँदा शारीरिक तथा मानसिक रूपमा समस्या भोग्नुपरेकाले उनीहरूलाई स्वास्थ्य परामर्शसँगै कानुनी शिक्षा प्रदान गरिएको बताइन् । 

उनले व्यवस्था परिवर्तन भए पनि अवस्था कस्तो छ भन्ने विषयमा महिला अनविज्ञ रहेको भन्दै उनीहरूलाई जानकारी गराउनु अहिलेको आवश्यकता रहेको औँल्याइन् । उपप्रमुख थापाले महिला श्रमिकका समस्याका विषयमा नगर सरकार गम्भीर रहेको बताइन् ।

यस्तै रैनादेवीले ५० महिलालाई आयआर्जनमा जोड्ने गरी सीप सिकाउने भएको छ । गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले विपन्न र असहाय महिलालाई निःशुल्क सिलाइकटाइको सीप सिकाइ आयआर्जनमा जोड्ने बताए। उनले पालिकाभित्रका महिलालाई सिलाई कटाइ तालिम दिन थालिएको उल्लेख गरे। 

उनले भने, ‘पहिलो चरणमा ५० महिलालाई सिलाई कटाइसम्बन्धी तालिम दिन्छौँ, पछि आवश्यकताअनुसार दिँदै जानेछौँ ।’ अध्यक्ष भट्टराईले महिलालाई उनीहरूको क्षमता, सीपअनुसारको काममा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे । 

उनले पालिकाभित्रका महिलाले केही न केही सीप सिकेर आयआर्जन गर्न सके सीपले जीवनस्तरमा सुधार ल्याउने र सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने  विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : ५९ बजे

एकीकृत परिवार योजना शिविर : महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा– पछिल्ला वर्षहरूमा धनुषास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई

बद्री पाण्डे भन्छन् : सहमतिको बिन्दु भेटिन्छ, शीर्ष तहबाट कुरा टुङ्गिनेमा विश्वस्त छौँ

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद शीर्ष तहका नेताहरू बसेर टुङ्ग्याउने

मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै