सांसद विश्वकर्मा भन्छन्- केही व्यक्तिले डोर्‍याएर नारायणहिटी लाँदैमा गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन « Khabarhub

सांसद विश्वकर्मा भन्छन्- केही व्यक्तिले डोर्‍याएर नारायणहिटी लाँदैमा गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक भएको बताएका छन् । 

राष्ट्रियसभाको आजको विशेष समयमा उनले केही व्यक्तिले राजालाई डोर्‍याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

सप्तरीको पूर्वी भेगका किसान वन्यजन्तु आरक्षबाट प्रभावित भएका तथा उनीहरूले लगाएको बाली आरक्षका जनावरले नष्ट गरेका भन्दै बाली संरक्षण गर्न सरोकार भएका  निकायको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले प्रभावित क्षेत्रमा ‘हाइ प्वाइन्ट’ निर्माण गरी बाली संरक्षण गर्न माग गरे । 

‘कोशी किनार क्षेत्रमा हरेक वर्ष जनताले सास्ती खेप्दै आएका छन् । हरेक रात बाली नष्ट भइरहेको छ, जङ्गली जनावरको त्रासले किसान गोठालो गर्न सक्दैनन् ,त्यसैले जनावर र किसानको बाली संरक्षणमा ध्यान दिन आग्रह गर्दछु’, उनले भने ।
     
साथै उनले सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरी अस्पताल व्यवस्थापन सञ्चालनमा सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए  । तिलाठी कोइलाडीमा जित्तापुल बनाउन एक करोड रुपैयाँ बजेट विनियोजन भएर डिपिआरसमेत तयार भइसके पनि तीन वर्षसम्म पुलको टेण्डर प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल पुल निर्माणको काम अगाडि बढाउन माग गरे । 

स्थानीय तहलाई सुदृढ बनाउँदै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरिनुपर्ने धारणा राखे । उनले शिक्षक आन्दोलनलाई तत्काल वार्ताका माध्यमबाट सम्बोधन गर्न अनुरोध गरे ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ०५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको