समर्थकको भिडसहित निर्मल निवासतिर पूर्वराजा शाह (तस्बिरहरू) « Khabarhub

समर्थकको भिडसहित निर्मल निवासतिर पूर्वराजा शाह (तस्बिरहरू)


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना लामो पोखरा बसाइपछि आइतबार दिउँसो काठमाडौं फर्किएका छन् ।

उनी काठमाडौं फर्किने क्रममा हौसिएका राजावादीहरू सयौँको संख्यामा त्रिभुवन विमानस्थल क्षेत्रमा पुगेका थिए ।

उनी काठमाडौं आएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्र हुँदै उनलाई र्‍यालीसहित निर्मल निवासतिर लागेका छन् । पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएछि गाडीबाट उठेर समर्थकलाई नमस्कार गर्दै हात हल्लाए ।

उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित अब महाराजगञ्जतिर लागेका छन् । आजै नारायणहिटीमा भित्र्याउने घोषणा गरेका दुर्गा प्रसाईं पनि निर्मल निवासतिर लम्किएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पूर्वराजा शाहलाई स्वागत गर्न पुगेका थिए । कयौँ राजावादी नेताहरूले विमानस्थल पुगेर शाहको जयजयकार गरे ।

पोखराबाट पूर्वराजा आइसेपछि काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थक र्‍यालीसहित निर्मल निवासतिर हिँडिसकेका छन् । गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्मको यात्रामा निस्केका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ०९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस