समर्थकको भिडसहित निर्मल निवासतिर पूर्वराजा शाह (तस्बिरहरू) « Khabarhub

समर्थकको भिडसहित निर्मल निवासतिर पूर्वराजा शाह (तस्बिरहरू)


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना लामो पोखरा बसाइपछि आइतबार दिउँसो काठमाडौं फर्किएका छन् ।

उनी काठमाडौं फर्किने क्रममा हौसिएका राजावादीहरू सयौँको संख्यामा त्रिभुवन विमानस्थल क्षेत्रमा पुगेका थिए ।

उनी काठमाडौं आएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्र हुँदै उनलाई र्‍यालीसहित निर्मल निवासतिर लागेका छन् । पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएछि गाडीबाट उठेर समर्थकलाई नमस्कार गर्दै हात हल्लाए ।

उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित अब महाराजगञ्जतिर लागेका छन् । आजै नारायणहिटीमा भित्र्याउने घोषणा गरेका दुर्गा प्रसाईं पनि निर्मल निवासतिर लम्किएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पूर्वराजा शाहलाई स्वागत गर्न पुगेका थिए । कयौँ राजावादी नेताहरूले विमानस्थल पुगेर शाहको जयजयकार गरे ।

पोखराबाट पूर्वराजा आइसेपछि काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थक र्‍यालीसहित निर्मल निवासतिर हिँडिसकेका छन् । गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्मको यात्रामा निस्केका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको