राष्ट्रियसभामा सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन | Khabarhub Khabarhub

राष्ट्रियसभामा सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन् । 

उनले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरूले उठाएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिए । 

बैठकमा प्रधानमन्त्रीकातर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गरे । राष्ट्रियसभाको अर्को बैठक आगामी चैत ४ गते दिउँसो १ः१५ हुनेछ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : १० बजे

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०