सुदूरपश्चिम सुन्दर मात्रै होइन, सम्भावनाको प्रदेश हो : प्रधानमन्त्री ओली « Khabarhub

सुदूरपश्चिम सुन्दर मात्रै होइन, सम्भावनाको प्रदेश हो : प्रधानमन्त्री ओली


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सम्भावनाको प्रदेश भएकाे बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन र सुदूरपश्चिम प्रदेश सभालाई संशोधन गर्न सुदूरपश्चिम आएका ओलीले यस्तो बताएका हुन् । उनी प्रधानमन्त्रीको हैसियतमा नेकपाकालिन समयको शक्तिशाली सरकारको प्रधानमन्त्री भएको बेला पनि प्रदेश सभामा संशोधन गर्न आएका हुन् ।

बैतडीको झुलाघाटबाट समृद्धिका लागि संकल्प यात्रा सुरु गरेर सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको सन्देश दिएका ओलीले राष्ट्रको कार्यकारी प्रमुख भएर केही घोषणा गर्ने अपेक्षा प्रदेशवासीको छ । भ्रमणको क्रममा ओली सुरुमा दीक्षान्त समारोहमा सहभागी भएका छन् । 

दीक्षान्त समारोहलाई संशोधन गर्दै ओलीले सुदूरपश्चिमलाई सुन्दर मात्रै नभई सम्भावनाको प्रदेशका रूपमा व्याख्या गरेका छन् । यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहको भव्य उपस्थितिमा ओलीले प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् । दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले दार्चुला उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए । ‘अहिले पाँच करोड विनियोजन गरेका छौँ । पारीको बाटोबाट जाँदा नेपालीहरूले दुःख पाएका छन् । अहिले गोरेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौँ’, उनले भने ।

गेटामा मेडीकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ सुरु हुने प्रधानमन्त्री ओलीले दाबी थियो । पञ्चेश्वर परियोजनाको अगाडि बढाउन भारतसँग छलफल भइरहेको प्रधानमन्त्री ओलीले बताए । ओली नै प्रधानमन्त्री भएको बेला २०७४।७५ मा गेटमा संरचना निर्माणका लागि ४ अर्ब बढी बजेट विनियोजन गरिएको थियो । 

आफू प्रधानमन्त्री हुँदा मुलुकमा विकासले गति पाइरहेको उनले भनाइ थियो । हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरेको प्रधानमन्त्री ओलीले बताए । ओलीले सुदूरपश्चिम देव भूमि रहेको भन्दै उनले यहाँका मोठमंदिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्त्व रहेको बताए ।

दीक्षान्त समारोहमा सरिक भएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गरेका छन् । भने यसै गरी, प्रधानमन्त्री ओलीले आजै धनगढीमा नवनिर्मित सिटी हलको उद्घाटन गर्ने छन् । उनले सुदूरपश्चिमलाई बजेट र अवसर कुनै दृष्टिमा पनि पछि नपार्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : १९ बजे

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक