सुदूरपश्चिम सुन्दर मात्रै होइन, सम्भावनाको प्रदेश हो : प्रधानमन्त्री ओली « Khabarhub

सुदूरपश्चिम सुन्दर मात्रै होइन, सम्भावनाको प्रदेश हो : प्रधानमन्त्री ओली


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सम्भावनाको प्रदेश भएकाे बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन र सुदूरपश्चिम प्रदेश सभालाई संशोधन गर्न सुदूरपश्चिम आएका ओलीले यस्तो बताएका हुन् । उनी प्रधानमन्त्रीको हैसियतमा नेकपाकालिन समयको शक्तिशाली सरकारको प्रधानमन्त्री भएको बेला पनि प्रदेश सभामा संशोधन गर्न आएका हुन् ।

बैतडीको झुलाघाटबाट समृद्धिका लागि संकल्प यात्रा सुरु गरेर सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको सन्देश दिएका ओलीले राष्ट्रको कार्यकारी प्रमुख भएर केही घोषणा गर्ने अपेक्षा प्रदेशवासीको छ । भ्रमणको क्रममा ओली सुरुमा दीक्षान्त समारोहमा सहभागी भएका छन् । 

दीक्षान्त समारोहलाई संशोधन गर्दै ओलीले सुदूरपश्चिमलाई सुन्दर मात्रै नभई सम्भावनाको प्रदेशका रूपमा व्याख्या गरेका छन् । यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहको भव्य उपस्थितिमा ओलीले प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् । दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले दार्चुला उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए । ‘अहिले पाँच करोड विनियोजन गरेका छौँ । पारीको बाटोबाट जाँदा नेपालीहरूले दुःख पाएका छन् । अहिले गोरेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौँ’, उनले भने ।

गेटामा मेडीकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ सुरु हुने प्रधानमन्त्री ओलीले दाबी थियो । पञ्चेश्वर परियोजनाको अगाडि बढाउन भारतसँग छलफल भइरहेको प्रधानमन्त्री ओलीले बताए । ओली नै प्रधानमन्त्री भएको बेला २०७४।७५ मा गेटमा संरचना निर्माणका लागि ४ अर्ब बढी बजेट विनियोजन गरिएको थियो । 

आफू प्रधानमन्त्री हुँदा मुलुकमा विकासले गति पाइरहेको उनले भनाइ थियो । हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरेको प्रधानमन्त्री ओलीले बताए । ओलीले सुदूरपश्चिम देव भूमि रहेको भन्दै उनले यहाँका मोठमंदिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्त्व रहेको बताए ।

दीक्षान्त समारोहमा सरिक भएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गरेका छन् । भने यसै गरी, प्रधानमन्त्री ओलीले आजै धनगढीमा नवनिर्मित सिटी हलको उद्घाटन गर्ने छन् । उनले सुदूरपश्चिमलाई बजेट र अवसर कुनै दृष्टिमा पनि पछि नपार्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : १९ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको