बीमा दाबी गर्न आफ्नै पसलमा आगजनी, पसल सञ्चालक पक्राउ « Khabarhub

बीमा दाबी गर्न आफ्नै पसलमा आगजनी, पसल सञ्चालक पक्राउ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–८ न्युरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार २०८१ फागुन १६ गते साँझ ७:०५ बजे शर्मा आईटी हबमा आगलागी भएको सूचना पाएपछि प्रहरी र दमकल टोली खटिएको थियो। आगो करिब ७:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारले  १ करोड बराबरको बीमा गराएको पाइएको छ । घटनापछि उनले शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गरेका थिए ।

अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेका र आगलागीको कारणबारे संदेहजनक विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति, संकलित प्रमाणहरू तथा अन्य तथ्यहरूको आधारमा बीमा रकम दाबी गर्न नियोजित रूपमा आगलागी गराइएको आशङ्कामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिमाथि ‘आपराधिक प्रवेश तथा आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : २१ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो