द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीद्वारा बञ्जी जम्प « Khabarhub

द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीद्वारा बञ्जी जम्प


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कुष्मा – एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत–बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभइ सेना तथा प्रहरीको तालिम केन्द्र समेत बन्न सफल भएको छ ।

आइतबार नेपाल प्रहरिको ‘प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)’ तालिमअन्तर्गत दशौं समूहमा तालिमरत प्रहरीहरुले कुश्मा स्थित द क्लिफमा बञ्जी जम्प गरेका छन् ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले जानकारी दिए ।

‘भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि कमाण्डोहरुलाई तयार गर्न साहसिक गतिविधिमा सम्लग्न गराइएको हो,’ प्रहरी वरिष्ठ उपरीक्षक जबरा थप्छन्, ‘नेपालमा मात्र नभइ विदेशमा समेत सेवा बिस्तार गरिरहेको द क्लिफको प्रोफेसनल टिमका कारण केही वर्षदेखि निरन्तर द क्लिफसँग सहकार्य गर्दै आएका छौँ ।’

तालिमअन्तर्गत १ सय ६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरत प्रहरीहरुलाई विभिन्न साहसिक खेलहरूमा सहभागी गराउँदै आएको छ ।

तालिमअन्तर्गत नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीकै विभिन्न समूहले यसअघि फरक (फरक समयमा द क्लिफमै बन्जी गरिसकेका छन् । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ।

बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज रुममा आवास सुविधा पनि छ। इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छन्।

क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ४० बजे

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित