ब्यालेन्स र डाटा बिनानै चल्ने भयो ‘खल्ती एप’ « Khabarhub

ब्यालेन्स र डाटा बिनानै चल्ने भयो ‘खल्ती एप’


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खल्तीले एन्सेलसँग सहकार्य गर्दै डिजिटल पहुँच विस्तार गरेको छ। यस सुविधाअन्तर्गत एन्सेलका सीम भएका प्रयोगकर्ताले ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि खल्ती चलाउन सक्ने भएका छन् ।

कम्पनीका अनुसार निःशुल्क खल्ती एप चल्ने भएकाकारण इन्टरनेट नपुगेका मानिसले पनि डिजिटल सेवामार्फत एन्सेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्नेछन् ।  

यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ भने सो इन्टरनेटमार्फत खल्तीमा रहेका बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधा को भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्टइनोभेटिफ सेवा सम्मको सुविधा प्रयोग गर्ने पाउनेछन् ।

यसका साथै एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन २५ र चैत्र ३) उपहारको साथ फायर सेल्स घोषणा गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त दिनहरूमा खल्तीबाट एन्सेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डाटा र भ्वाइस (सबैजना १०० प्रतिशत पक्का), एयर बड (२ जनालाई), एक जोडा फिल्म टिकट (२०जनालाई) र ५ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भिआइपी टिकट (२ जनालाई) जित्ने मौका पाउनेछन् । 

खल्तीका युजर हेड रौनक मुखियाले भने, ‘एन्सेल सँगको यस सहकार्यले खल्तीको हरेक नेपाली माझ, नेपालको हरेक कुना काप्चामा डिजिटल पहुँच पुराउने डिजिटल समावेशीको नारालाई एक नयाँ डाइमेन्सन दिनेमा हामी सबै विश्वस्त छौँ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ३३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको