महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ « Khabarhub

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज उक्त घट्नामा संलग्नताका आधारमा सर्लाही घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको हो ।

यही फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बाग्मती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ वर्षकी महिलाको शव फेला परेको थियो ।

उक्त सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गई शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिहरुको संलग्नता खुल्न आएको थियो ।

उपत्यकाका विभिन्न स्थानबाट पाँचैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौको टोलीले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : ३९ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको