काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण « Khabarhub

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौँ विश्वकै प्रदुषित शहरको सूचीमा छैटौं स्थानमा उक्लिएको छ ।

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौं विश्वको छैटौं प्रदूषित सहरका रूपमा सुचीकृत भएको हो । यो समाचार तयार गरुन्जेल काठमाडौँको वायु प्रदूषण १५८ एक्युआई पुगेको छ । विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ । हनोईको प्रदुषण २०५ एक्युआई पुगेको छ ।

त्यस्तै दोस्रोमा चीनको वुहान परेको छ भने तेस्रो प्रदूषित सहर चीनको बेजिङ छ । त्यसैगरी इरानको तेहरान चौथो तथा बङ्गलादेशको ढाका पाँचौं रहेको छ । अहिले काठमाडौँको प्रदुषण भारतको दिल्लीको भन्दा पनि बढी रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : ५५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको