भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि « Khabarhub

च्याम्पियन्स ट्रफी

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । ८३ बलकाे सामना गरेका उनले सात चाैका र तीन छक्का प्रहार गरे ।

त्यस्तै श्रेयस अय्यरले ४८, केएल राउलले ३४ रन बनाए । शुभमन गिलले ३१ रन बनाउँदा विराट कोहली एक रनमा आउट भए ।

न्यूजीलाण्डले आजको खेलमा सात जना बलर प्रयोग गरेको थियो । जसमध्ये मिचेल सेन्टनर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २–२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

यसअघि सन् २०१३ पनि भारतले यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै सन् २००२ मा वर्षाका कारण खेल रद्ध हुँदा श्रीलंका र भारतले संयुक्त रुपमा उपाधि जितेको थिए ।

यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १० : १२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी