फिल्म ‘वसन्त’मा स:प्राइज – राजेश हमाल, करिश्मा मानन्धरदेखि निश्चलसम्म « Khabarhub

फिल्म ‘वसन्त’मा स:प्राइज – राजेश हमाल, करिश्मा मानन्धरदेखि निश्चलसम्म


२६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश सपुतको डेब्यू लेखन र निर्देशन रहेको फिल्म ‘वसन्त’ चैत २२ देखि प्रदर्शनरत छ । यो फिल्मले अपेक्षितरुपमा दर्शकबाट साथ पाएको छैन ।

यद्यपि यो फिल्मले सुरुवाती तीन दिनमा एक करोडभन्दा बढी ग्रस कलेक्सन गरेको पाइएको छ । उच्च शो पाएका कारण कम अकुपेन्सीमा पनि यो फिल्मले यति व्यापार गरेको हो ।

फ्लपको खतरामा रहेको यो फिल्म हेर्न दर्शकका लागि केही स:प्राइज छन् । त्यो स:प्राइज गेस्टअपियरेन्स हो ।

फिल्ममा महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, दिलिप रायमाझी, निर्देशक निश्चल बस्नेत, नायिकाहरू प्रियंका कार्की, केकी अधिकारी, सुरक्षा पन्त, नायक नाजिर हुुसेनको गेस्ट अपियरेन्स छ ।

फिल्ममा लोकदोहोरी गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारीले समेत गेस्ट अपियरेन्स दिएका छन् ।

‘वसन्त’ मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेकाे फिल्मका नायकसमेत रहेका प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनै पनि जानकारी दिएका थिएनन् ।

फिल्ममा प्रकाशसहित नायिका स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभातपाल ठकुरी, श्रीशिभान्सी, अनुप बराल, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।

फिल्मका निर्माताहरू मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ३ : ०० बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान