चिनियाँ सामानमा १०४ प्रतिशत कर सही भएको ट्रम्पको दाबी « Khabarhub

चिनियाँ सामानमा १०४ प्रतिशत कर सही भएको ट्रम्पको दाबी


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति आफ्नो देशका लागि महत्त्वपूर्ण साबित हुने बताएका छन्। केही चिनियाँ सामानमा १०४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले सो कुरा बताएका हुन्।

यता चीनले पनि ट्रम्पले दिएको डेटलाइनमा प्रतिकात्मक करको निर्णयबाट फिर्ता लिन अस्वीकार गरेको छ।

मंगलबार केही समयका लागि बढेको अमेरिकी शेयर बजार ट्रम्पले चीनविरुद्ध थप करको घोषणा गरेपछि ओरालो लागेको छ। ६० देशलाई असर गर्ने ट्रम्पको यो घोषणा बुधबारको मध्यरातबाट लागू हुने छ।

भर्खरै ट्रम्पले राष्ट्रिय रिपब्लिकन कांग्रेसनल कमिटीको डिनरमा उपस्थित हुँदै औषधीमा थप कर लगाउने घोषणा गरेका छन्।

अमेरिकाले चिनियाँ सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि कुल करको दायरा १०४ प्रतिशत भएको हो। पहिले नै २० प्रतिशत कर लगाइएको थियो। त्यसपछि ३४ प्रतिशत थप र अर्को पटक ५० प्रतिशत कर थपको घोषणा गरिएको हो।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ४९ बजे

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले