भूमि आयोगद्वारा तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु | Khabarhub Khabarhub

भूमि आयोगद्वारा तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । यसअघि जग्गा नापजाँचको काम सुरु भएर आयोग विघटन भएपछि रोकिएको काम पुनः सुरु भएको हो ।

आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । व्यास–१२ र शुक्लागण्डकी–७ मा पचास प्रतिशत काम सम्पन्न भइसकेको छ विज्ञ सदस्य कार्कीले बताए ।

आयोगले भानु नगरपालिका, व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका शुक्लागण्डकी नगरपालिकामा अभिमुखीकरण सम्पन्न गरिसकेको छ । जिल्लास्थित सबै स्थानीय तहमा पुगेर आयोगको काम, कर्तव्य र पालिकाको दायित्वका विषयमा अभिमुखीकरण गरिएको कार्कीले जानकारी दिए ।

आयोगले तनहुँमा २६ हजार ११७ भूमिहीनको लगत सङ्कलन गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार ११७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिए ।

त्यस्तै ६ हजार ७ सय ७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए । उनका अनुसार ६ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ । त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको छ ।

व्यासमा ७ हजार ४३, भानुमा ३ हजार ३ सय १७, शुक्लागण्डकीमा ४ हजार ४ सय ३, देवघाटमा २ हजार ३ सय ४४, भिमादमा १ हजार ८ सय ६१, ऋषिङमा १ हजार ४ सय ३९, घिरिङमा १ हजार ५ सय २०, म्याग्देमा १ हजार २ सय ६७, आँबुखैरेनीमा ८ सय ९३ र बन्दीपुरमा २ हजार ३० भूमिहीनको लगत सङ्कलन भएको छ ।

सदस्य सचिव सिंहका अनुसार व्यासमा ४ सय ९ भूमिहीन दलित, ४ सय ८३ भूमिहीन सुकुम्बासी, ६ हजार १ सय ५१ अव्यवस्थित बसोबासी, भानुमा ४ सय ५ भूमिहीन सुकुम्बासी, २ हजार ९ सय १२ अव्यवस्थित बसोबासी, शुक्लागण्डकीकमा २ सय ८७ भूमिहीन दलित, २ सय ८७ भूमिहीन सुकुम्बासी, ३ हजार ८ सय २९ अव्यवस्थित बसोबासी, देवघाटमा १ सय २३ भूमिहीन दलित, ७८ भूमिहीन सुकुम्बासी र २ हजार १ सय ४३ अव्यवस्थित बसोबासीको लगत सङ्कलन भएको छ ।

त्यस्तै भिमादमा १९ भूमिहीन दलित, १५ भूमिहीन सुकुम्बासी, १ हजार ८ सय २७ अव्यवस्थित बसोबासी, ऋषिङमा २२ भूमिहीन दलित, १ सय २७ भूमिहीन सुकुम्बासी, १ हजार २ सय ९० अव्यवस्थित बसोबासी, घिरिङमा ६३ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्बासी, १ हजार ४ सय २ अव्यवस्थित बसोबासी, म्याग्देमा ७८ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्बासी, एक हजार १२४ अव्यवस्थित बसोबासी, आँबुखैरेनीमा १८ भूमिहीन दलित, ९० भूमिहीन सुकुम्बासी, ७८५ अव्यवस्थित बसोबासी र बन्दीपुरमा ८९ भूमिहीन दलित, २६७ भूमिहीन सुकुम्बासी तथा एक हजार ६७४ अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको छ ।

आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा २ हजार ८ सय ४१, देवघाटमा २ हजार ३ सय ६२, आँबुखैरेनीमा एक हजार ५ सय २९ कित्ताको नाप नक्सा भइसकेको छ । त्यस्तै शुक्लागण्डकीका वडा नम्बर २, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ । यस्तै आँबुखैरेनीका पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ३ : १२ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट