दयाहाङको वर्ष ०८१ : आठ फिल्म चल्दा सबैभन्दा सफल ‘अञ्जिला’ « Khabarhub

दयाहाङको वर्ष ०८१ : आठ फिल्म चल्दा सबैभन्दा सफल ‘अञ्जिला’


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्ष सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने नायक दयाहाङ राई हुन् । वि.सं. २०८० को चैत ३० मा प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’लाई समेत जोड्ने हो भने उनको अभिनय रहेको फिल्म ८ पुगेका छन् ।

वर्षको अन्तिममा दयाहाङको अर्को फिल्म प्रदर्शनमा आउँदै छ, ‘पिताम्बर’ । यसको बक्स अफिस कलेक्सन अर्को वर्षमा जोडिन्छ । रिलिज हुन बाँकी यो फिल्म वर्ष ०८१ मा एक दिन मात्रै प्रदर्शन हुन्छ ।

०८१ मा अन्तिम मितिसम्म ६५ भन्दा कम फिल्म प्रदर्शनमा आउने देखिन्छ । १० प्रतिशतभन्दा बढी फिल्म दयाहाङ छन् ।

फिल्ममा माग भए पनि दयाहाङका फिल्मको व्यापार उत्साहजनक छैन । उत्कृष्ट तीनमा व्यापार गर्ने फिल्ममा दयाहाङ छैनन् ।

उनको एउटा फिल्म त बक्स अफिसमा सुपर फ्लप भयो । ‘राजागंज’ उनको सबैभन्दा कम व्यापार गर्ने फिल्म हो ।

त्यस्तै, सबैभन्दा बढी व्यापार गर्ने फिल्म उनको प्रदर्शनरत फिल्म ‘अञ्जिला’ हो ।

कस्तो छ दयाहाङको बक्स अफिस रिपोर्ट ?

डिग्री माइला : दयाहाङको यो वर्षको पहिलो अर्थात् ०८० को चैत ३० प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ अपेक्षित रुपमा चलेन ।

यो दयाहाङका लागि पहिलो गाँसमै ढुङ्गा जस्तै भयो । यद्यपि यो फिल्मले ६ करोडमाथि व्यापार गरेको निर्माण पक्षको दाबी थियो ।

डिजिटल राइट्स र विदेश प्रदर्शन अधिकार बेच्दा यो फिल्मको निर्माताको लगानी सुरक्षित भएको देखिन्छ ।

५ करोडभन्दा माथि व्यापार गर्ने फिल्मलाई हिट भनिन्छ । तर साढे २ करोडभन्दा माथि लगानी भएका फिल्मको लगानी ५ करोड ग्रस कलेक्सन उठ्दैन ।

यस्ता फिल्मलाई ‘बजेट फ्लप’ भन्ने गरिन्छ । अर्थात् ग्रस कलेक्सनले हिट तर लगानी पनि सुरक्षित नभएको फिल्म ।

मनसरा : चलचित्र विकास बोर्डकाअनुसार दयाहाङको फिल्म ‘मनसरा’ले ४ करोड ७८ लाख ग्रस कलेक्सन छ ।

यसको निर्माणमा खर्च कम भएको बताइएको थियो । त्यहीकारण घरेलु बक्स अफिसबाट यसले करिब करिब लगानी सुरक्षित गरेको छ ।

डिजिटल राइट्स र विदेश प्रदर्शन अधिकारले थोरै मुनाफा गरेको पाइएको छ ।

घर ज्वाइँ : यस वर्ष दयाहाङको ५१ दिन मनाउने एक मात्रै फिल्म ‘घर ज्वाइँ’ हो । बोर्डका अनुसार यस फिल्मले ५ करोड ९ लाख व्यापार गरेको थियो ।

घरेलु बक्स अफिसबाटै यो फिल्मले मुनाफासमेत सुरक्षित गरेको छ । ५ करोडमाथि व्यापार गर्ने फिल्मलाई हिटमा राख्दा फरक पर्दैन ।

गाउँ आएको बाटो : बोर्डकाअनुसार यस फिल्मले ४ करोड २० लाख ग्रस कलेक्सन गरेको छ ।

यस फिल्मको व्यापार उदारणीय मान्न सकिन्छ । विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका फिल्म घरेलु बक्स अफिसमा कमजोर सावित हुन्छ ।

तर, ‘गाउँ आएको बाटो’ले घरेलु फिल्म हलमा पनि दर्शक राम्रैसँग तान्यो । अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका फिल्म मध्ये यो वर्ष घरेलु बजारमा सबैभन्दा बढी व्यापार गर्ने ‘गाउँ आएको बाटो’ नै हो ।

यी भए फ्लप

चलचित्र विकास बोर्डकाअनुसार व्यापारिक रुपमा दयाहाङको कमजोर फिलम ‘राजागंज’ हो ।

यो फिल्मले घरेलु बक्स अफिसमा १६ लाख २१ हजारको मात्रै व्यापार गरेको छ । यद्यपि यो समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्म हो ।

उनको अर्को फ्लप फिल्म ‘दुखी आत्मा’ हो । यसको ग्रस कलेक्सन ७१ लाख छ । यो समीक्षक र दर्शक दुवै पक्षबाट नकारात्मक प्रतिक्रिया पाएको फिल्म हो ।

फिल्म कार्साङ पनि दयाहाङका यो वर्षको फ्लप फिल्मको सूचीमै समावेश भएको छ । जेनतेन यसले १ करोड ४८ लाखको व्यापार गरेको पाइएको छ ।

अञ्जिलाको व्यापार

यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने दयाहाङको फिल्म ‘अञ्जिला’ हो । यो फिल्म नेपाली महिला राष्ट्रिय फुटलब टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।

यस फिल्को केन्द्रीय पात्र दयाहाङ होइनन् । यद्यपि उनी मुख्य भूमिकामा छन् । यस फिल्मले साढे ७ करोडको व्यापार गरिसेकको छ । अहिले पनि यस फिल्म उच्च शोका साथ प्रदर्शनरत छ । यो फिल्मले १० करोडमाथि ग्रस गर्ने अनुमान गरिएको छ ।

०००

यो वर्ष प्रदर्शनमा आइसकेका दयाहाङका ८ फिल्ममा तीनवटा फ्लप भए । ती हुन्– राजागंज, दुखी आत्मा र कार्साङ ।
मनसराले लगानी सुरक्षित गरेको छ । डिग्री माइला ‘बजेट फ्लप’ फिल्म हो ।

घर ज्वाइँ थोरै भए पनि मुनाफा कमाउने फिल्म हो । अञ्जिला हिट फिल्मको सूचीमा परेको छ ।

गाउँ आएको बाटोको लगानी नै उच्च रहेकाले घरेलु बक्स अफिसमा कमजोर सावित भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : ३५ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने