पक्राउ परेका नेतालाई नछोडिए राजावादीले सामूहिक गिरफ्तारी दिने « Khabarhub

पक्राउ परेका नेतालाई नछोडिए राजावादीले सामूहिक गिरफ्तारी दिने

जगमानले भने- अहिले सशस्त्र आन्दोलनको आवश्यकता छैन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सामूहिक गिरफ्तारी दिने निर्णय गरेको छ।

आन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धता सभामा बोल्दै गुरुङले तीनकुने घटनामा पक्राउ परेकालाई वैशाख २१ गतेसम्म रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरे।

सामूहिक गिरफ्तारीको अगुवाई आफूले गर्ने उनले बताए । गुरुङले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा हुने उल्लेख गरे ।
अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ छ । गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै आफूहरू योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा आयोजित सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाए । राजावादीहरूलाई कमजोर बनाएर बदनाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उनले बताए ।

उनले संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरि संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने चेतावनी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ३ : ४५ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर