एन-प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह « Khabarhub

एन-प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलनप्रति ध्यानाकर्षण गराएको छ।

शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा निरन्तर जारी आन्दोलनले विद्यालय शिक्षामा असर पारिरहेको भन्दै एन–प्याब्सनले शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई यस विषयप्रति गम्भीर बन्न आग्रह गरेको छ ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, सेवा सुरक्षा सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन चर्काएका छन् । यसका कारण सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प भएको र त्यसले विद्यार्थीहरूको सिकाइमा दीर्घकालीन असर पार्न सक्ने भन्दै एन–प्याब्सनले चिन्ता व्यक्त गरेको छ। संगठनले यस्तो अवस्था नेपालको समग्र शैक्षिक विकासका लागि प्रतिकूल भएको स्पष्ट पारेको छ।

एन–प्याब्सनका अध्यक्ष गीत राणा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा शिक्षकमाथिको कुनै अवहेलना स्वीकार्य नहुने जनाउँदै शिक्षकहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ। साथै जायज मागहरूबारे गम्भीर छलफल र वार्ताबाट समाधान खोजिनुपर्नेमा जोड दिइएको छ।

सरकारलाई आन्दोलनरत शिक्षकहरूसँग तत्काल संवादको वातावरण सिर्जना गर्न र समस्याहरू समाधान गर्न इच्छाशक्ति देखाउन आग्रह गर्दै विज्ञप्तिमा सबै सरोकारवाला पक्षहरूलाई संयमित, जिम्मेवार र समाधानमुखी दृष्टिकोण अवलम्बन गर्न अपिल गरिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ३ : ५४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ