अछामका आगलागी प्रभावितलाई ५० लाख दिने सुदूरपश्चिम सरकारको निर्णय « Khabarhub

अछामका आगलागी प्रभावितलाई ५० लाख दिने सुदूरपश्चिम सरकारको निर्णय


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अछाम – सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

मुख्यमन्त्री शाहले जयगढ बजारमा भएको आगलागीबाट प्रभावित एवं पीडितलाई राहत र पुनर्निर्माणका लागि स्थानीय तह, नेपाल सरकार, सङ्घसंस्था र दातृ निकायलाई सहयोगका लागि अपिल गरे ।

प्रदेश सरकारले आगलागी भएको क्षेत्रको स्थलगत अवस्था बुझ्नका लागि प्रदेशका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई खटाएको छ । अछाम सदरमुकाम मङ्गलसैनबाट उत्तरपूर्वी दिशातर्फ रहेको जयगढ बजारमा गए राति भएको आगालागिबाट दश कच्ची घर, १५ टिनका टहरा, दुई पक्की घर तथा एक सभाहल जलेर नष्ट भएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।

यीमध्ये ११ घरमा पसल सञ्चालनमा थिए । स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको ग्यास सिलिन्डर विष्फोट हुँदा सल्किएको आगो बजारका अन्य घरपसलमा फैलिएको थियो । साँझदेखि सुरु भएको आगलागी राति १ः३० बजेमात्र प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट सात करोड ५४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ०२ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर