लोडसेडिङ हटाउन प्राधिकरण सक्षम, हल्लाको पछि नलाग्नू : हितेन्द्रदेव « Khabarhub

लोडसेडिङ हटाउन प्राधिकरण सक्षम, हल्लाको पछि नलाग्नू : हितेन्द्रदेव


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन आफूहरू सक्षम रहेको बताएका छन् ।

रसुवामा निर्माण भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन काक्रममा उनले यस्तो बताएका हुन् ।

‘लोडसेडिङ हुन नदिन प्राधिकरण सक्षम छ । कसैले पनि हल्लाको पछि नलाग्नू’, उनले भने, ‘ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्या चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्‍याउन प्रतिबद्ध छौँ ।’

दुई कार्यकाल प्राधिकरण सम्हालेका कुलमान घिसिङलाई बर्खास्त गरेपछि धेरैले नेपालमा फेरि लोडसेडिङ हुने आशंका गरेका छन् । यस्तोमा शाक्यले अब फेरि लोडसेडिङ हुन नदिन प्राधिकरण प्रतिबद्ध रहेको बताएका हुन् ।

कार्यक्रममा चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताए ।

‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बुधबारदेखि औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा कूल २२ अर्ब लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : २० बजे

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको