खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछ : मुख्यमन्त्री लामा « Khabarhub

खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछ : मुख्यमन्त्री लामा


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राम्रो अध्ययनका साथै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको ध्यान जानुपर्नेमा जोड दिएका छन्  । 

रसुवा जिल्ला खेलकुद विकास समितिद्वारा धुन्चेमा आयोजित १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले शारीरिक रूपमा चुस्तदुरुस्त भई सहज रूपमा काम गर्न र अन्तर्राष्ट्रिय जगत्मा समेत परिचित हुन खेलकुद विधातर्फ विद्यार्थीको ध्यान जान आवश्यक रहेको बताए ।  

रसुवा जिल्लाको खेलकुद विकास तथा विस्तारमा आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले २०७२ को ‘गोर्खा भूकम्प’ ले क्षति पुर्‍याएको जिल्ला खेलकुद भवन पुनर्निर्माण गरिदिने बताए।

ऐतिहासिक रसुवागढी नाका, लाङटाङ पर्यटकीय क्षेत्र, पवित्र तीर्थस्थल गोसाईंकुण्ड, विद्युत् उत्पादनका दृष्टिले महत्त्वपूर्ण जिल्लाका रूपमा परिचित रसुवा जिल्लाको समग्र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उल्लेख गर्दै मुख्यमन्त्री लामाले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको प्रवर्द्धन गर्न र  वन–वनस्पति तथा वन्यजन्तुलगायत जैविक विविधताको संरक्षणमा सहकार्य गर्न तयार रहेको स्पष्ट गरे  ।

सो अवसरमा प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले रसुवा जिल्लाको सडक–बाटो निर्माण तथा विस्तारसहित विकास निर्माणका कामलाई प्राथमिकतामा राखी आगामी वर्षको बजेट बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गरे ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : २३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ