सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली « Khabarhub

सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन् ।  

नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकास तथा समृद्धि चाहिएको भन्दै यस विषयमा कुनै सम्झौता नहुने बताएका हुन् । 

उनले आफू भ्रष्टाचारको विरोधी रहे पनि भ्रष्टाचार भइरहेको आफूलाई आशङ्का लागेको बताए । देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकूल वातावरण बनेको र स्थायित्व र स्थिरतातर्फ मुलुक अघि बढेको उनले बताए ।

उनले कम्तीमा पनि ८४ सालसम्म मुलुकमा स्थायित्व र स्थिरता हुने र त्यसपछि पनि यो सिलसिला कायम रहने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्राउने, संयुक्त पुँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे ।  

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजीवी, शिक्षक, प्राध्यापक लगायत सबैको साथमा रहेको र सबैको भलाईका लागि काम गर्न चाहेको बताए ।   

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ३७ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३