नक्सालमा थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु « Khabarhub

नक्सालमा थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुनापति गाउँपालिका–४, रामेछापको आयोजना तथा ख्वप पौभा च्वमी पुचःको सहकार्यमा आजदेखि ‘थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी’ सुरु भएको छ ।

काठमाडौंको नक्सालमा आज उक्त प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कलाको उत्थानमा सरकारले सक्दो सहयोग गर्ने बताए । 

‘सरकारले यस्तो कलालाई चिन्न सकेको छैन । चिनाउन सकेको छैन । यस्तो कलालाई बचाउन सकियो भने देश बन्छ । कलाकारलाई चिन्यो भने देश बन्छ’, उनले भने ।

बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले थाङ्का/पौभा कला क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको बताए  ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई विश्वमाझ चिनाउन परम्परागत र रैथाने कला विशेष रहेको बताउँदै प्रदर्शनीमा सहभागी कलाकारहरूलाई बधाई ज्ञापन गरे  । उनले प्रतिष्ठानले २०८२ वैशाख २ गतेदेखि आयोजना गर्न लागेको ‘ललितकला मेला’ अवलोकनका लागि सबैलाई आह्वान गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले थाङ्का/पौभा क्षेत्रले हजारौँ नेपालीलाई रोजगार दिएको र देशको अर्थतन्त्रमा अर्बौँको योगदान दिइरहेको उल्लेख गरे  । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ०४ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार