प्रसाईंको भिडियो : म भागेको होइन, ज्यान तलमाथि नहुने ग्यारेन्टी भए २४ घण्टामै सार्वजनिक हुन्छु « Khabarhub

प्रसाईंको भिडियो : म भागेको होइन, ज्यान तलमाथि नहुने ग्यारेन्टी भए २४ घण्टामै सार्वजनिक हुन्छु


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजा फर्काउने अभियानमा लागेका विवादित पृष्ठभूमिका दुर्गा प्रसाईंले आफू कतै भागेर नगएकआो बताएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा उनी र नवराज सुवेदी नेतृत्वमा भएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान जाने गरी भएको घटनापछि फरार भएका उनले दुर्गा प्रसाईंले आफू नभागेको तर्क गरेका हुन् ।

बुधबार फेसबुकमा एउटा भिडियो सन्देश दिँदै पेरूका गोञ्जालोजलाई जस्तै हत्या गर्ने भएपछि आफू ‘जोगिएको’ तर्क गरेका छन् । ‘पेरूमा साइनिङपथको आन्दोलन गोञ्जालोजलाई मारेपछि तुहिएको थियो’, उनले भने, ‘मेरो पनि त्यही अवस्था बनाउन खोजिएको थियो । अब दुर्गा प्रसाईं रोकिँदैन, घर घरमा पुगिसकेको छ । म भागेको छैन, मेरो ज्यान तलमाथि हुने भएकाले मात्रै जोगिन बसेको हुँ । म नयाँ जोशका साथ आउँछु ।’

उनले आफू २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका छन् । ‘म कहीँ भागेको छैन, भारततिर गएको होइन । म स्वागत नेपाल र टंक दुलालसहितका वकिल र मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु’, उनले भने, ‘यदि मेरो ज्यानको ग्यारेन्टी हुन्छ भने म २४ घण्टामा सार्वजनिक हुन्छु ।’

उनले चैत १५ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग शान्तिपूर्ण रुपमा आन्दोलनका लागि आफैँले अनुमति मागेको पनि बताए । प्रसाईंले शान्तिपूर्ण गर्ने भन्दाभन्दै प्रहरीले मञ्चमा राष्ट्रिय गान बजेका बेला अश्रुग्यास हानिएपछि तीनकुनेमा हिंसा हुन पुगेको बताए ।

प्रसाईंले चैत १५ को आन्दोलनमा घुसपैठ गरेर हिंसात्मक बनाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकजना राजावादी नेताले साँठगाँठ गरेको पनि बताए ।

‘१५ गतेको आन्दोलन भड्काउन ‍‌‌प्रधानमन्त्री ओली, प्रचण्ड र एकजना राजावादीले गोप्य बैठक गरेको सूचना मलाई आएको छ । म अहिले ती राजावादीको नाम लिन्नँ । उपयुक्त समयमा म उनको नाम सार्वजनिक गर्नेछु’, उनले भने ।

उनले फेसबुकमा ८ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै प्रहरी प्रमुख दीपक थापाले सुरक्षा ग्यारेन्टी दिने भए २४ देखि ३६ घण्टामा आफू मानवअधिकारवादीको रोहबरमा कामाडौं आउने पनि बताए ।

उनी चैत १५ गते नै भागेर भारतमा पसेको निष्कर्ष निकालेको थियो । तर उनले आफू नेपालमै रहेको बताएका छन् । ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु’, उनले भने ।

भिडियो सन्देशका क्रममा प्रसाईंले तीनकुनेको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उक्त रकम आफू सार्वजनिक भएलगत्तै हस्तान्तरण गर्ने पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ३० बजे

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका