मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः गण्डकी र कोशी उपाधिका लागि भिड्ने | Khabarhub Khabarhub

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः गण्डकी र कोशी उपाधिका लागि भिड्ने


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

टक्सार– मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ । 

भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल खेलबाट गण्डकी र कोशी प्रदेश फाइनलमा प्रवेश गरेका हुन् । 

पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३–० सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको थियो । खेलको पहिलो, दोस्रो र तेस्रो सेट लगातार २५–२१, २५–१९ र २५–१५ अङ्कले गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको थियो । 

आजै भएको दोस्रो सेमिफाइल खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै कोशी प्रदेशले फाइनल यात्रा तय गरेको हो । कोशीले पहिलो, तेस्रो र पाँचौँ सेटमा २५–२१, ३०–२८ र १५–७ ले सुदूरपश्चिमलाई पराजित गरेको हो । दोस्रो र चौथो सेट भने २५–२२ र २५–२३ ले सुदूरपश्चिम प्रदेशले जितेको थियो । 

बिहीबार फाइनल खेल हुनेछ भने तेस्रो र चौथोका लागि बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ । 

प्रतियोगिताका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले रु २० लाख सहयोग गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठ स्थानीय तहले प्रतियोगिता सञ्चालन गर्न नौ लाख रुपैयाँ बढी सहयोग गरेका छन् । व्यक्ति तथा सङ्घसंस्थालेसमेत सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम पाँच प्रदेशका खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद तीन लाख रुपैयाँ, एक लाख ७५ हजार रुपैयाँ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी तेस्रो हुनेले ८० हजार तथा चौथो हुने टोलीले  ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । 

पाँच विधामा विधागत रूपमा उत्कृष्टलाई नगद १० हजार रुपैयाँका साथमा भोजपुरे खुकुरी प्रदान गरिने र सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ४३ बजे

भारतमा मतदाता सूची सुधार अभियान शुरु

नयाँ दिल्ली- भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको

मूल्य खस्किएपछि अदुवा किसान मारमा

घोराही– यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित

नयाँ पुस्ताको चेतना, पुरानै संरचना पुनरागमनको खतरा

भाद्र २३ र २४ मा नेपालको इतिहासले नयाँ मोड लियो।

के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ? 

काठमाडौं– आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका

सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द 

काठमाडौं– सरसफाइमा लापरवाही गरेको भन्दै काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन