असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारीहरूसहित मन्त्रालयका विभागीय प्रमुखहरूलाई असल व्यवहारका साथ सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

आज बसेको ‘भर्चुअल’ बैठकमा मन्त्री लेखकले सेवा प्रवाहसँग असल व्यवहार, बानी र वचन जोडिएको बताए । ‘सेवा प्रवाहको विषय असल वचनसँग जोडिएको हुन्छ’, उनले भने, ‘सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रूपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन ।’ उनले सीमित स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधार अभावकाबीच काम गर्नुपरेको बताए ।

‘सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुहोला’, उनले भने, ‘अरूको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो ।’ कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उनले सेवा प्रवाह सुधारका साथै हेल्पडेस्क र टोकन प्रणाली कार्यान्वयनमा जोड दिए ।

बैठकमा गृह सचिव गोकर्णमणि दवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ०० बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३