एनएसएलः पोखरा र धनगढीले अंक बाँडे « Khabarhub

एनएसएलः पोखरा र धनगढीले अंक बाँडे


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

एनएसएलमा तीन खेल खेलेकोे धनगढीको यो लगातार दोस्रो बराबरी हो । यसअघि धनगढीको ललितपुर सिटी एफसीसँगकोे खेल पनि गोलरहित बराबरी खेलेको खेलेको थियो । धनगढीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ गोल अन्तरले हराएको थियो ।

जारी एनएसएलमा चार खेल खेलेको पोखरा यसअघि दुई खेलमा हार बेहोर्दा एक खेल भने जितेको थियो । यससँगै धनगढी तीन खेलबाट ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको पोखरा भने ४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : २१ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा