भारत–पाकिस्तान युद्धमा संलग्न नहुने अमेरिकाको भनाइ « Khabarhub

भारत–पाकिस्तान युद्धमा संलग्न नहुने अमेरिकाको भनाइ


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – भारत र पाकिस्तानबीच जारी संघर्षप्रति अमेरिकाले प्रतिक्रिया दिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले धारणा सार्वजनिक गर्दै वार्ता नै विकल्प रहेको बताएका हुन्।

फक्स न्यूजसँगको एक अन्तर्वार्तामा भेन्सले भने, ‘हामीले गर्न सक्ने कुरा भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने हो, हामी मूलतः यो युद्धमा सामेल हुने छैनौं। यो हाम्रो काम होइन।’

उनले अमेरिका यो मामिलालाई कूटनीतिक माध्यमबाट समाधान प्रयास जारी राख्ने बताएका छन्।

उक्त अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबीचको यो तनाव एक व्यापक क्षेत्रीय युद्ध वा आणविक संघर्षमा परिणत नहुने पनि आशा व्यक्त गरेका छन्।

२२ अप्रिलका दिन जब जम्मु-कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरि चरमपन्थी हमला भएको थियो। त्यसबेला जेडी भेन्स आफ्नी पत्नी र छोराछोरीसँग भारत भ्रमणमा थिए। त्यही घटनालाई लिएर मंगलबार राति भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि दक्षिण एसिया ठूलो युद्धतिर उन्मुख भइरहँदा अमेरिकाको प्रतिक्रिया आएको हो।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ५२ बजे

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन