भारत–पाकिस्तान युद्धमा संलग्न नहुने अमेरिकाको भनाइ « Khabarhub

भारत–पाकिस्तान युद्धमा संलग्न नहुने अमेरिकाको भनाइ


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – भारत र पाकिस्तानबीच जारी संघर्षप्रति अमेरिकाले प्रतिक्रिया दिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले धारणा सार्वजनिक गर्दै वार्ता नै विकल्प रहेको बताएका हुन्।

फक्स न्यूजसँगको एक अन्तर्वार्तामा भेन्सले भने, ‘हामीले गर्न सक्ने कुरा भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने हो, हामी मूलतः यो युद्धमा सामेल हुने छैनौं। यो हाम्रो काम होइन।’

उनले अमेरिका यो मामिलालाई कूटनीतिक माध्यमबाट समाधान प्रयास जारी राख्ने बताएका छन्।

उक्त अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबीचको यो तनाव एक व्यापक क्षेत्रीय युद्ध वा आणविक संघर्षमा परिणत नहुने पनि आशा व्यक्त गरेका छन्।

२२ अप्रिलका दिन जब जम्मु-कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरि चरमपन्थी हमला भएको थियो। त्यसबेला जेडी भेन्स आफ्नी पत्नी र छोराछोरीसँग भारत भ्रमणमा थिए। त्यही घटनालाई लिएर मंगलबार राति भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि दक्षिण एसिया ठूलो युद्धतिर उन्मुख भइरहँदा अमेरिकाको प्रतिक्रिया आएको हो।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ५२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी