युद्धले भारत र पाकिस्तानको शेयर बजारमा पहिरो, मुद्रामा देखियो असर « Khabarhub

युद्धले भारत र पाकिस्तानको शेयर बजारमा पहिरो, मुद्रामा देखियो असर


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतसँग युद्धको तनाव चुलिएसँगै पाकिस्तानको शेयर बजारमा पहिरो गएको छ। बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लाग्यो। यता, भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ।

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन्।

भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा करिब आधा प्रतिशतको गिरावट दर्ज गरिएको छ। उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको देखियो। त्यहाँ भारी बिक्रीको दबाब परेको छ।

कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपर्‍यो, जसको कारण थियोे, शेयर मूल्यमा भारी गिरावट। कराँची स्टक एक्सचेन्जको सूचकांक केएसई १०० ले कारोबारमा ६ प्रतिशतभन्दा बढी गिरावट भोग्नुपर्‍यो। मुद्रा बजारमा पनि तनाव देखिएको छ।

यता भारतीय रुपियाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ। पाकिस्तानी रुपियाँमा पनि गिरावट आएको छ।

दुवै देशका लगानीकर्तामा चिन्ता बढिरहेको छ। बिहीबार दुबै देशले एक–अर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन्।

भारतले जानकारी मंगलबार राति पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। त्यसयता दुई देशबीच भीषण युद्धको अवस्था बन्न थालेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : ०९ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण