सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना « Khabarhub

सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिलिनियर बिल गेट्सले सन् २०४५ सम्ममा आफूले कमाएको ९९ प्रतिशत दान गरेर सक्ने योजना बनाएका छन्।

गेट्सले आफ्नो फाउन्डेसनमार्फत् त्यो सबैगरी सक्ने बताएका हुन्। उनले ब्लगमा मृत्यु पछिको कुरामा ध्यान दिनु भन्दा जिउँदो भएको समयमा नै धेरै गर्न चाहेको बताएका छन्।

६९ वर्षीय गेटले अहिले नै स्वास्थ्य क्षेत्र र विकासका लागि आफ्नो फाउन्डेसनमार्फत एक अर्ब अमेरिकी डलर खर्च गरेका छन्। अब उनले थप २ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ।

गेट्सले सन् १८८९ मा आन्द्रेयु कार्नेगाइइले लेखेको द गेस्पेल अफ वेल्थ प्रेरणाको श्रोत भएको बताउँछन्। समुदायमा लागि धनी व्यक्तिको जिम्मेवारी सो पुस्तकमा लेखेका छन्।

यस २० वर्षमा समुदायमा आवश्यक पर्दा सहयोग गर्न सक्ने अन्य धेरै जनाको उदय हुने विश्वास रहेको समेत गेट्सले बताएका छन्। ब्लुमवर्गको डेटा अनुसार गेट्स संसारका पाँचौँ धनी व्यक्ति हुन्।

पाउल एलनसँग मिलेर गेटले सन् १९७५ मा सञ्चालन गरेको माइक्रोसफ्टले नै कम्प्युटरको संसारमा पकड जमाएको हो। सन् २००० मा प्रमुख कार्यकारी पद त्यागेका उनले २०१४ मा अध्यक्ष पद पनि छाडिसकेका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : १२ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ