नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण « Khabarhub

नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमण भएको छ । 

नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका  केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका  मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन् । 

मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवनचन्द्र झाका अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा सङ्क्रमण देखिएको हो । उनले पानी वा खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने आशंकामा नमूना संकलन गरी परीक्षणमा पठाइएको बताए। सङ्क्रमितमध्ये अस्पतालमै कार्यरत एकजना चिकित्सकसमेत रहेको पाइएको छ ।

मंगबारदेखि जन्डिसलगायतक लक्षणसहित बिरामी अस्पताल आउन थालेपछी नमूना संकलन गरी परीक्षण गर्दा हेपाटाइटिस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट झाले ‘हेपाटाइटिस–ए’ वा ‘इ’ हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन गर्न सकिने बताए । 

यसैबीच, सङ्क्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नगर प्रमुख कुन्साङ लामालगायत पदाधिकारीले चिकित्सकको टोलीसँग छलफल गरी जानकारी लिएका छन् । भकुण्डेबेँसी क्षेत्रमा वितरित खानेपानी तथा बजार क्षेत्रमा बिक्री भइरहेका पानीपुरीलगायत खाद्यान्नका कारण सङ्क्रमण भएको आशंका गरिएको छ ।

सङ्क्रमितको सजगताका साथ उपचार गर्नेबारेमा चिकित्सकबीच छलफल भएको अस्पतालले जनाएको छ । सङ्क्रमण फैलिन नदिन सचेत रहन आग्रह गर्दै खानेपानी, खानेकुरा र सरसफाइमा ध्यान दिन पनि अस्पतालले अनुरोध गरेको छ । अस्पतालबाट प्रभावित क्षेत्रमा खानेपानी शुद्धीकरण गर्न क्लोरिनलगायत रसायन वितरण गरिएको छ । 
 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : १४ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड