नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी  « Khabarhub

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा एक–अर्कालाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गर्ने होडबाजी चलेको छ । 

केन्द्रीय सदस्यहरू अनुराग शाह र अशोकसिंह बिष्टले आफूहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई नै कारबाही गरिएको दावी गरेका छन् । 
उनीहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै केन्द्रीय शेर्पासँगै केन्द्रीय सदस्य परोपकार अधिकारीलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।
 
‘नेविसंघको विधान, २०२७ (संशोधन सहित) को धारा २४ ९२० तथा आचारसहिता, २०८१ को नियम १५ (क), (ग) र नियम ७ बमोजिमको व्यवस्थाबमोजिम अनुशासनको कारबाही गरी आजकै मितिबाट लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
 
यसअघि आरआर क्याम्पसको स्ववियु निर्वाचनको विषयलाई लिएर अध्यक्ष शेर्पाले शाह र बिष्टलाई कारबाही गरेका थिए । शाह कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र बिष्ट गृहमन्त्री रमेश लेखकनिकट मानिन्छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : ०६ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड