शून्य समयमा समसामयिक विषय : पाकिस्तानमा रहेका नेपालीको रक्षा गर्न माग | Khabarhub Khabarhub

शून्य समयमा समसामयिक विषय : पाकिस्तानमा रहेका नेपालीको रक्षा गर्न माग


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद शिशिर खनालले छिमेकी राष्ट्र भारत र पाकिस्ताबीचको तनावका कारण नेपाल र नेपालीलाई पर्नसक्ने प्रभावबारे सजकता अपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गरे । सांसद बीना जैसवालले नेपाल–भारतबीच खुला सिमाना भएकाले नेपालले सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्नेमा जोड दिइन् ।

सांसद शान्ति श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा कठिनाइ हुने, सीप, क्षमता भए पनि घरमा मात्रै बस्नुपर्ने बाध्यता भएकाले यसका लागि आवश्यक बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद शिव नेपालीले वर्षायामको सुरुआत भएकाले विपद् व्यवस्थापनको तयारी समयमै गर्न सरकारसँग माग गरे ।

सांसद शोभा ज्ञवालीले बर्दियाका नदीहरूमा आएको बाढीले विगतमा खेतीयोग्य जमिन कटान गरी घरबस्ती डुबानमा परेर ठूलो धनजनको क्षति गरेको हुँदा यथाशीघ्र बजेटको व्यवस्था गरी सो क्षेत्रको समस्या समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शङ्कर भण्डारीले सरकारले आगामी वर्षको बजेटमा निर्माण व्यवसायी र सरकारबीचको विवादले कुनै पनि विकास निर्माणका काम नरोकिनका लागि पहल गर्न माग गरे ।

सांसद सरस्वती बजिमले किसानलाई आवश्यक बीउबिजन, मल र सिँचाइको व्यवस्था गर्न माग गरिन् । बाँदर, बँदेल, दुम्सीलगायत जनावरले खेतीपाती खाइदिएको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सरस्वती सुब्बाले भारत र पाकिस्तानबीचको तनावले दक्षिण एसियाली मुलुकलाई असर गरिरहेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने भएकाले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सराज अहमत फारुकीले ‘एक स्थानीय, उत्पादन एक’ पालिका अभियान सञ्चालन गर्न माग गरे । युवापुस्तालाई विश्वास दिलाउँदै देशभित्रै बस्ने वातावरण बनाउन सरकारले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । सुशासन र पादरर्शीको निम्ति सरकारले सबै खरिद प्रक्रियालाई अनलाइन प्रणालीअनुसार सञ्चालन गरी देशभित्रै युवालाई रोजगारी दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : २१ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा